६ बैशाख २०८१, बिहीबार
Follow Us

गृहसचिव प्रेमकुमार राईको राजीनामा

नेपालब्रिटेन डट कम्
१७ माघ २०७६, शुक्रबार ०७:३८

काठमाडाँ । गृहसचिव प्रेम कुमार राईले एकाएक राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निकट मानिने उनको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

माघ २२ मा अनिवार्य अवकाश पाउन लागेका राईले सो अघिनै राजीनामा दिनुको कारण खुल्न सकेको छैन । कतिपयले उनी अख्तियारको आयुक्त बन्ने लाइनमा रहेको टिकाटिप्पणी गरेपनि यसबारे औपचारिक छलफल भने सरकारले गरिसकेको छैन ।
गृहमन्त्रालय स्रोतकाअनुसार उनले माघ २० देखि नै लागू हुनेगरी मुख्यसचिव समक्ष राजीनामा बुझाएका छन् ।