७ बैशाख २०८१, शुक्रबार
Follow Us

समाजसेवी रवि लामिछानेद्धारा कुल मन्दिरलाई २२ लाख सहयोग (भिडियो)

नेपालब्रिटेन डट कम्
१७ माघ २०७६, शुक्रबार १७:१२

लण्डन। वेलायतमा सफल युवा व्यवासायी तथा समाजसेवी रवि लामिछानेले आफ्नो कुल मन्दिरको लागि २२ लाख रुपैयाँ सहयोग गरेका छन् ।

सामाजिक अभियन्ता रबिन्द्रजँग लामिछाने रबिले लामिछाने पर्वतको तिलाहारमा अवस्थित गर्ग गोत्रिय क्षेत्रीहरुको कुल मन्दिर तथा कार्की क्षेत्रीहरुको कुल मन्दिर निर्माणको लागि २१ लाख १७ हजार ७२७ रुपैया सहयोग गरेका हुन् ।

जलजला गाउँपालिकाको वडा नं २ पुर्णगाउँमा अबस्थित लामिछाने गर्ग गोत्रिय क्षेत्रीहरुको कुल मन्दिर तथा कार्की क्षेत्रीहरुको कुल मन्दिर निर्माण शिलन्यास गर्दै लामिछानेले सहयोग रकम हस्ताण्तरण गरेका थिए । नेपालमा आएको महाबिनाशकारी भुकम्पको कारण जिर्ण भएको हजारौं लामिछाने गर्ग गोत्रिय क्षेत्रीहरु तथा कार्की क्षेत्रीहरुको कुल मन्दिर निर्माणको लागि उक्त रकम हस्ताण्तरण गरेका हुन् ।

धौलागिरी क्षेत्र कै सबैभन्दा पुरानो ठानिने अर्थात झण्डै ८०० बर्ष भन्दा पुरानो ईतिहास बोकेको लामिछाने गर्ग गोत्रिय क्षेत्रीहरु तथा कार्की क्षेत्रीहरुको कुल मन्दिर अब सुन्दर रुपमा निर्माण हुने समाजसेबी लामिछानेले बताए ।
उनले बिगतका दिनहरु सम्झदैं, सन् २०४२ सालमा बाबाको साथमा आएको थिए आज आफै यस स्थानमा हाम्रा बाबा स्व चन्द्रजँग लामिछाने र आमा रुकबिना लामिछानेको आर्सिवादको कारण आएको बताए ।

कार्यक्रममा बोल्दा बोल्दै भाबुक देखिनुभएका लामिछानेले मर्यादा पुरुष रामले कुनै बेला लक्ष्मणलाई भनेको कुरा सम्झिदै भन्नुभयो “यो लंका सुनैले बनेको भएपनि मलाई कुनै रुची छैन किनकी मेरा लागि जननी जन्मभुमी भनेको स्वर्ग भन्दा पनि महान छ” ।

जलजला गाउपालिका २ पुर्णगाउँमा निर्माण हुने लामिछाने गर्ग गोत्रिय क्षेत्रीहरु तथा कार्की क्षेत्रीहरुको कुल मन्दिरको शिलान्यास प्रमुख अतिथिको रुपमा रबिन्द्रजँग लामिछाने उपस्थित थिए ।
कार्यक्रममा लामिछाने जिसी गर्ग गोत्रिय र कार्की क्षेत्री समाजका अभियान्ताहरुले रबिको कामलाई उच्च मुल्याङकन गर्दैसम्मान गरेका थिए ।

बिश्वभरमा हिन्दु मन्दिर तथा नेपाल र बेलायत सरकारको बिचमा पुल जस्तै रहेका लामिछानेले यसअघि सयौं सामाजिक काममा निरन्तर योगदान गरेका छन् ।

लामिछानेले बिगतमा बेलायतको अल्डरसट स्थित शिव मन्दिर भवनका लागि एउटै ढुंगाबाट बनेको सबैभन्दा ठूलो ५०० किलो बराबरको शिव लिङ्ग सहयोग प्रदान गरेका थिए । उनले नेपालमा ५० असहाय बालबालिकाको बोर्डिङ स्कुलमा पठनपाठन व्यवस्था मिलाएका छन् ।