१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनएको आर्थिक प्रतिवेदन सार्वजनिक, ३ महिनामा १४ करोड बचत

नेपालब्रिटेन डट कम्
१७ माघ २०७६, शुक्रबार १९:२५

पुरानो कार्यसमितिले खर्च गरेको २५ करोड अपुग

लण्डन । गैरआवासीय नेपाली संघको आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छ । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्लो तीन महिनामा संघमा १४ करोड रुपैयाँ बचत देखिएको छ ।

श्रेष्ठले गैरआवासीय नेपाली संघलाई पारदर्शी र उत्तरदायीपूर्ण संस्था बनाउने अठोट अनुरुप सो आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको बताए ।

प्रतिवेदन अनुसार लारर्पाक, शंखमुल, एनआरएन भवन लगायतका परियोजनमा २५ करोड रुपैयाँ नपुगेको देखिएको छ ।

पछिल्लो ६ महिनाको आर्थिक विवरण समेटिएको प्रतिवेदनमा लारर्पाक परियोजनामा १० करोड ११ लाख, एनआरएनए भवनमा १३ करोड ९ लाख, शंखमुल परियोजनामा १ करोड ५६ लाख अपुग भएको उल्लेख छ । संघको गत अक्टोवरमा सम्पन्न विश्वबाट करिब ९ करोड बचत देखिएको छ । संघको सचिवालयको संचालनको रकम सहित खातामा हाल १४ करोड ५८ लाख मौजुदा रहेको छ ।

संघको आर्थिक प्रतिवेदन प्रत्येक ३ महिनामा सार्वजनिक गर्ने प्रतिबद्दता अनुसार नयाँ कार्यसमितिको पहिलो आर्थिक प्रतिवेदन वेभसाईट मार्फत शुक्रवार सार्वजनिक गरिएको हो ।

संघको डिडिए प्रतिवेदन र आन्तरिक अडिटरबाट प्राप्त सुझावको आधारमा लेखा प्रणालीलाई अझ बढी ब्यवस्थित, वैज्ञानिक, र पारदर्शी बनाउदै लगिने प्रबिद्धता श्रेष्ठले गरेका छन् ।

यसै बीच गैरआवासीय नेपाली संघको गत महिना पोखरामा सम्पन्न बैठकले राष्ट्रिय समन्वय परिषदहरुलाई समेत हरेक तीन तीन महिनामा आर्थिक प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिइएको संघका महासचिव डा. हेम राज शर्माले जनाए ।

गैरआवासीय नेपाली संघलाई पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्दता अनुसार नयाँ कार्यसमितिको पहिलो आर्थिक प्रतिवेदन वेभसाईट मार्फत आज सार्वजनिक गरिएको छ, https://nrna.org/Financial-Report/Report । प्रतिवेदनको सारंश यस्तो छ:

१) लाप्राक नमुना बस्ती:
• चन्दादाता र ब्याजबाट प्राप्त रकम: रु ४५ करोड ७ लाख
• अहिले सम्म लागेको खर्च: रु ४९ करोड
• बाँकि कामको लागि अनुमानित खर्च: रु ६ करोड ८ लाख
• नपुग रकम: रु १० करोड २१ लाख

२) एनआरएन भवन
• चन्दादाता र ब्याजबाट प्राप्त रकम: रु २२ करोड ३४ लाख
• अहिले सम्म लागेको खर्च: रु २८ करोड २६ लाख
• बाँकि कामको लागि अनुमानित खर्च: रु ७ करोड १८ लाख
• नपुग रकम: रु १३ करोड ९ लाख

३) शंखमुल पार्क
• चन्दादाताबाट प्राप्त रकम: रु १ करोड ३२ लाख
• लागेको खर्च: रु २ करोड ५१ लाख
• सेटल गर्न बाँकि: रु ३७ लाख
• नपुग रकम: रु १ करोड ५६ लाख

४) नवौं एनआरएन विश्व सम्मेलन
• प्रतिनिधी दर्ता शुल्क, स्पोन्सरबाट प्राप्त रकम: रु ५ करोड ४९ लाख
• खर्च: रु ३ करोड ९४ लाख
• बचत रकम: रु १ करोड ५४ लाख

५) सचिवालय
• सदस्यता शुल्क, निर्वाचन मनोनयन खर्च, आईसिसि सदस्य शुल्क लगायतबाट प्राप्त शुल्क: रु ८ करोड ६० लाख
• खर्च: रु ९७ लाख
• बचत: रु ७ करोड ६३ लाख

६) बैंक ब्यालेन्स: रु १४ करोड ५८ लाख