१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा पहिलोपटक भेटियो ‘कोरोना’ भाइरस

नेपालब्रिटेन डट कम्
१७ माघ २०७६, शुक्रबार २२:१५

चीनबाट फैलिएको नोभेल कोरोना भाइरसको सङ्‌क्रमण बेलायतमा पनि भेटिएको छ। बेलायतमा यो भाइरसको सङ्‌क्रमण पहिलोपटक भेटिएको हो।

इङल्यान्डका प्रमुख स्वास्थ्य अधिकृतले दुई जनामा कोरोना भाइरसको सङ्‌क्रमण भेटिएको पुष्टि गरेका छन्।

बेलायतको उत्तर पश्चिम क्षेत्रको राष्ट्रिय स्वास्थ्य केन्द्रमा उपचाररत ती दुवै जना एउटै परिवारको भएको बताइएको छ।

‘सङ्‌क्रमितहरूलाई विशेष निगरानीमा राखी उपचार गरिरहेका छौं, भाइरसको सङ्‌क्रमण अन्य व्यक्तिमा फैलन नदिन विशेष सतर्कता अपनाएका छौं,’ प्रोफेसर क्रिस ह्विट्टीले भनेका छन्। उनका अनुसार चिकित्सकहरूले कोरोना भाइरसको सङ्‌क्रमणमा परेको आशङ्‌कामा अन्य केही व्यक्तिमाथिसमेत परीक्षण गरिरहेका छन्।