८ बैशाख २०८१, शनिबार
Follow Us

यसरी भयो बेलायत ४७ वर्ष पछि इयुबाट बहिर्गमन (भिडियो)

नेपालब्रिटेन डट कम्
१७ माघ २०७६, शुक्रबार २३:४७

लण्डन । बेलायतले सन् १९७३ मा गाँसिएको युरोपियन युनियनसँगको सम्बन्धबिच्छेद भएको छ । शुक्रबार राति ११ बजेबाट बेलायतले ४७ वर्ष लामो युरोपियन युनियनसँगको सम्बन्ध औपचारिक रुपमा अलग भएको घोषणा भएको हो ।
प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिट अगाडि ब्रेक्जिटको समय गणनाका लागि ठूलो घडी राखेका थिए । पार्लियामेन्ट स्क्वायरमा युनियनको झण्डा सहित बिशेष कार्यक्रमको आयोजना गरियो ।

प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतवासी समक्ष विशेष सम्बोधन गर्दै यो सुरुवात मात्र भएको जनाए ।

ब्रेक्जिटलाई लक्षित गर्दै ‘शान्ति,समृद्धि र सबै राष्ट्रहरुसंग मित्रता’ पदावली उल्लेख भएको ५० पेन्सका तीस लाख ब्रेक्जिट स्मारक सिक्का निष्कासित गरेको छ ।

युरोपियन युनियन छाड्नु बेलायती इतिहासको महत्वपूर्ण मोड भएको र यो सिक्का नयाँ अध्यायको शुरुआत भएको बताइएको छ । बहिर्गमन भएपनि सुरुमा ११ महिनाको सङ्क्रमणकालीन अवधिमा व्यापार, भ्रमण र व्यवसायका लागि ईयू नियमको पालना गर्ने सहमति भएको छ ।

दुई पक्षबीच उनीहरूको भविष्य र व्यापार सम्बन्धको वार्ता एक वर्षभित्रमा गरिनेछ ।