१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन उपाध्यक्ष पन्त अस्ट्रेलियामा

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७३, शुक्रबार १३:५०

सिड्नी । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त अस्ट्रेलिया आइपुगेका छन् । इन्डोनेसियाको बालीमा गैरआवासीय नेपाली संघ एसिया प्यासिफकले आयोजना गरेको नेपालमा लगानीसम्बन्धी अन्तक्रियामा सहभागी भएर उपाध्यक्ष पन्त अस्ट्रेलिया आइपुगेका हुन् ।

अस्ट्रेलिया आइपुग्दा सिड्नी एयरपोर्टमा पन्तलाई गैरआवासीय नेपाली संघका अग्रज लगायत पदाधिकारीहरुले भव्य स्वागत गरेका थिए ।

नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँगै उपाध्यक्ष पन्तलाई पनि स्वागत गरेको थियो । पन्त शनिबार सुरु हुने नेपाल मेलामा बिषेश आतिथिको रुपमा सहभागी हुने छन् । अस्ट्रेलियामा एनआरएन पदाधिकारीसँगको भेटघाट पछि न्यूजील्याण्ड र मलेसियाको भ्रमण पछि नेपाल फर्किने बताइएको छ ।