१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रश्मोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध कायम

नेपालब्रिटेन डट कम्
१८ माघ २०७६, शनिबार ०५:४२

लन्डन । बेलायतको रश्मोर बरो काउन्सिल र नेपालको गोरखा नगरपालिकाबीच भगिनी सम्बन्धका लागि सम्झौतापत्र आदानप्रदान भएको छ।

दुबै देशका दुई नगर प्रमुखबीच भगिनी सम्बन्धका लागि सम्झौतापत्र आदानप्रदान भएको हो। शुक्रबार बेलायतमा दुबै नगरप्रमुखबीच एमओयुमा पनि हस्ताक्षर भएको छ।

गोरखा नगरपालिकाको मेयर राजनराज पन्त र रश्मोरका मेयर सेल स्वई कार्टरले उक्त एमओयुमा हस्ताक्षर गरेका हुन्।

‘बेलायतको काउन्सिल र हाम्रो नगरपालिकाबीच सुमधुर सम्बन्ध कायम भएको छ। अब नगर क्षेत्रको आर्थिक, भौतिक, साँस्कृतिक तथा सामाजिक विकासमा थप टेवा पुग्ने विश्वास छ,’ मेयर पन्तले भने।

अब बेयायतको काउन्सिलबाट गोरखामा पदाधिकारी आउने र यहाँबाट बेलायत गएर एकअर्काले गरेका राम्रा कामको अनुसरण गर्न मिल्ने उनले बताए। ‘हाम्रो तुलनामा बेलायत धेरै विकसित छ। यहाँका राम्रा काम र योजना हामीले पनि अनुसरण गर्न सकिन्छ,’ मेयर पन्तले भने।

बेलायतमा रहेको नेपाली दूतावासको समन्वयमा ग्रेटर रश्मोर नेपालीको पहलमा दुई देशका नगरबीच भगिनी सम्बन्ध स्थापित भएको हो। दुबै मेयरहरूले एमओयुमा हस्ताक्षरपछि अब दीर्घकालीन सम्बन्ध स्थापना भएको बताएका थिए।

भगिनी सम्बन्धका लागी गोरखा नगरपालिकाबाट मेयर पन्त, प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ र नेपाल पत्रकार महासंघ गोरखा शाखा अध्यक्ष किशोरजंग थापा बेलायत छन्।