१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएद्वारा पोर्चुगलमा दूताबास स्थापनाको माग

नेपालब्रिटेन डट कम्
२० माघ २०७६, सोमबार १४:४२

राजकुमार थापा । पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोर्चुगलमा दूतावास स्थापनाको माग गरेको छ ।
एनआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरेले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै दूतावास स्थापनाको माग गरेका छन् । एनआरएनएले पोर्चुगल पछिल्लो समय यूरोपको हवका रुपमा विकसित भइरहेको र त्यहाँ नेपालीको संख्या बढ्दै गएकाले दूतावास स्थापनाका लागि यथासक्य पहल गरिदिन परराष्ट्रमन्त्रीसंग आग्रह गरेको छ ।

दूतावास नभएकै कारण पोर्चुगलमा नेपालीहरुलाई समस्या भएको उल्लेख गर्दै ज्ञापनपत्रमा नेपालमा लगानी प्रवद्र्धन र ब्यापार तथा पर्यटन बिस्तारका लागि पनि दूतावास अपरिहार्य रहेको उल्लेख छ । मन्त्री ज्ञावलीलाई पोर्चुगल एनआरएनएका तर्फबाट ज्ञापनपत्र बुझाउँदै एनआरएनए पोर्चुगलका अध्यक्ष तिलकप्रसाद गैरेले लामो समयदेखि आफूहरुको माग सुनुवाइ नभएकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

पोर्चुगलमा बस्ने नेपालीको संख्या बढेको त छ नै, त्यहाँ भएर यूरोपका अन्य स्थानमा आउजाउ गर्नेको चाप पनि थपिदै गएको छ, गैरैले मन्त्रीसंगको भेटघाटमा राज्यका तर्फबाट अभिभावकीय भूमिका निर्वाह गर्ने दूतावास नहुँदा समस्या भएको छ ।

सिंहदरवारस्थित कार्यकक्षमै ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले एनआरएनएको प्रयासमा नेपाल सरकार सकारात्मक रहेको बताए । मन्त्री ज्ञवालीले भने, त्यहाँको समस्या समाधानका लागि एनआरएनको पहल सकारात्मक छ, हामी उपयुक्त निकास बारे छलफल गरिरहेका छौं । सो अवसरमा खोटाङका सांसद माननीय विशाल भट्टराईको समेत उपस्थिति थियो ।

पोर्चुगलमा नेपाली दूतावास नहुँदा फ्रान्स धाउनुपर्ने बाध्यता छ ।