७ बैशाख २०८१, शुक्रबार
Follow Us

पर्वत समाज अमेरिकाको नयाँ कार्यसमिति गठन

नेपालब्रिटेन डट कम्
२१ माघ २०७६, मंगलवार १९:४८

बाल्टिमोर । सामाजिक सेवामा सक्रिय संस्था पर्वत समाज अमेरिकाको नयाँ कार्य समितिले आफ्नो कार्यभार सम्हालेको छ । सामाजिक अभियन्ता धन प्रसाद गुरुङ(बिरबल)को अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो । सो समितिमा बरिस्ठ उपाध्यक्ष कृष्ण कुमार जोशी ,उपाध्यक्ष गोपाल चन्द्र लामिछाने निर्वाचित भएका हुन ।त्यस्तै महासचिव रमेश सुबेदी,सचिव दिपक रिजाल र श्याम गुरुङ कोषाध्यक्ष पदमा चयन् भएका हुन । त्यस्तै सदस्यहरुमा रमेश शर्मा (उमाकान्त), प्रबिण भण्डारी, चिरन्जिवी सुबेदी, नारायण ढकाल,सकुन्तला पुरी, सम्झना श्रेष्ठ चयन भएका हुन । त्यस्तै रविन शर्मा, भिम पुन शालिकराम बराल, खड्ग भण्डारी, जितेन गुरुङ पनि सदस्य पदमा छनौट भएका हुन । सुनिल पौडेल, हेमन्त मल्ल, बिष्णु शर्मा, तुलसी पौडेल, सन्दिप पुन, श्रीराम श्रेष्ठ समेत कार्यसमिति सदस्य हुन ।

सांगितिक कार्यक्रम सहितको बिशेष कार्यक्रम मार्फत रुद्र गुरुङ नेत्रित्व को निबर्तान कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी मेरिल्यान्ड राज्यका बिधान सभा सदस्य ह्यारी भण्डारीले पर्वत समाजले सामाजिक क्षेत्रमा गरेको कामको प्रसम्सा गरेका थिए । स्मरण रहोस, ह्यारी भण्डारीको नेपालको स्थाई ठेगाना पर्वत जिल्ला हो । भण्डारी अमेरिकाको मूल राजनीतिका निर्वाचित बिधान सभा सदस्य हुन । त्यस्तै स्थानिय सस्था बानाका अध्यक्ष सुबोध बिलास पन्तले नयाँ कार्यसमिति बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

सो कार्यक्रमका मुख्य आकर्षक ख्यातिप्राप्त गायक भगवान भण्डारीले आफ्ना चर्चित गीतहरु खैरेनिमा गेट, फूलमा भमरा,ब नमा काँडा छ गाइरहदा समारोह साच्चिकै सङितमय बनेको थियो । समारोहमा उपस्थित भएका सम्पूर्ण महानुभावहरुले नाचेर भगवान भण्डारीलाई साथ दिएका थिए । त्यस्तै चर्चित गायक तथा सन्कलक उदय भट्टराईले आफ्नो लोभै लाग्दो प्रस्तुतिले सबै उपस्थित जनहरुलाई मन्त्रमुग्ध बनाएका थिए । साथै लक्ष्मण पौडेल, श्रीजन ताम्राकार, कल्पना देवकोटाले समेत आफ्ना गीतहरु गाएका थिए । पर्वत जिल्ला बाट अमेरिका आई बिभिन्न ब्यापार ब्याबसाय पढाई र जागिर गरिरहेका पर्वत बासिहरुको, औपचारिक कार्यक्रमको सन्चालन सस्थाका सचिव रमेश सूबेदिले गरेका थिए । त्यस्तै सांगितिक कार्यक्रम, सन्चारकर्मि सन्देश कुमार खड्का ले सन्चालन गरेका थिए ।