७ बैशाख २०८१, शुक्रबार
Follow Us

दोस्रो मेयर कपको उपाधि आयोजक बानपालाई

sarusaru
२२ माघ २०७६, बुधबार ०५:२८

दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक बागलुङ नगरपालिकाले उचालेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा चौदण्डीगढी नगरपालिका उदयपुरलाई २–५ गोल गर्दै उपाधि आयोजकले उचालेको हो ।

बाङ्गेचौर खेल मैदानमा सम्पन्न खेलमा खेल सुरु भएको २ मिनेटमा नै बागलुङका कप्तान प्रमेश थापाले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । निकै आक्रमक खेल प्रस्तुत गरेको बागलुङले २१ औं मिनेटमा स्ट्राइकर ध्रुव घिमिरेको गोलबाट आफ्नो अग्रता दोब्बर बनाएको थियो । दोस्रो गोल गरेको ४ मिनेटपछि बागलुङका खेलाडि आभिषेक बोहोराले डि–बक्सभित्र ह्उान्ड बल गर्दा चौदण्डीगढीले पेनाल्टीबाट गोल गर्न अवसर पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै शरद राईले खेललाई २–१ मा ल्याएका थिए । खेलको ३४ औं मिनेटमा चौदण्डीगढीका खेलाडीले आफ्नो गोलकिपरलाई दिएको पास हातले समात्दा बागलुङले डि–बक्सभित्र फ्रि–किकको अवसर प्राप्त गरेको थियो । फ्रि–किकको सदुपयोग गर्दै बागलुङका मिडफिल्डर उत्तम गुरुङले उत्कृष्ट गोल गरेका थिए ।पहिलो हाफसम्म ३–१ को अग्रता लिएको बागलुङले खेलको ४९ औं मिनेटमा गोविन थापाको गोलका मद्दतले बागलुङले ३ गोलको अग्रता बनाउन सफल भयो । ३ गोलको अग्रता कायम राखेको बेला खेलको ७५ औं मिनेटमा डि–बक्सभित्र रक्षात्मक पंक्तिका खेलाडी निशान थापाले ह्याण्ड गर्दा चौदण्डीगढी पुनः पेनाल्टीमार्फत गोल गर्ने अवसर पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै चौदण्डीगढीका शरद राईल बागलुङ संगको अग्रता २ मा झारेका थिए । तर खेलको ७७ औं मिनेटमा बागलुङ खेलाडी उत्तम गुरुङले पुन गोल गर्दा बागलुङले ५–२ को गोल अन्तर बनाएको थियो । बाँकी समयमा चौदण्डीगढीले गोल गर्न सकेन र बागलुङले मेयर कपको उपाधि उचालेको हो । खेलका उत्कृष्ट खेलाडि गोविन थापा भएका थिए । प्रतियोगितामा उत्कृष्ट विधातर्फ सवै बागलुङका खेलाडि घोषित भएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी निशान थापा, सवैभन्दा वढी गोल गर्न खेलाडी ध्रुव घिमिरे (५ गोल), उत्कृष्ट स्ट्राइकर ध्रुव घिमिरे, उत्कृष्ट गोलरक्षक सौगात खड्का, उत्कृष्ट डिफेन्डर जीवन गुरुङ र उत्कृष्ट मिडफिल्डर उत्तम गुरुङ घोषित भएका थियो । प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो भने द्धितीय हुने टिमले २ लाख मेडल र प्रमाण पत्र प्राप्त गरेको थियोभने सेमिफाइनलमा पुग्ने टिमले ६०/६० हजार प्राप्त ग¥यो । प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन कार्यक्रममा गण्डकी प्रदेश सभासद इन्द्रलाल सापकोटाले सम्बोधन गरेका थिए । प्रतियोगिताको समापन बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले गरेका थिए ।