८ बैशाख २०८१, शनिबार
Follow Us

जापानमा एक नेपालीमा कोरोना संक्रमण भएको आशंका

नेपालब्रिटेन डट कम्
२२ माघ २०७६, बुधबार ०७:३६


आत्तिनु पर्दैन् : एनआरएनए अध्यक्ष भण्डारी

टोकियो । । जापानमा ३३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको खवरका बिच नेपाली युवामा पनि संक्रमण भएको आशंका गरिएको स्थानिय नेपाली समाचार प्रोटलले जनाएको छ ।

राजधानी टोकियोको शिनओकुबो बस्दै आएका २६ बर्षिय नेपाली युवामा कोरोना भाईरसको संक्रमण जन्य लक्षण देखिएपछि स्वास्थ्य परिक्षण भईरहेको छ ।

प्राप्त जानकारी अनुसार नेपाल काठमाडौं घर भई जापानमा सपरिवार बस्दै आएका नेपाली युवामा केहीदिन अघि रुघा, खोकी र श्वास प्रस्वासमा समस्या देखिएपछि स्वास्थ्य परिक्षण भएको थियो ।

विश्वभर फैलिरहेको कोरोना भाईरसको संक्रमण भएको हुनसक्ने आशंकामा हाल राजधानी टोकियोको एक अस्पतालमा केहीदिन अघि स्वास्थ्य परिक्षण र उपचार भईरहेको छ ।

टोकियोमा परिवारसँगै बस्दै आएका युवामा नेपालीहरुको आवागमन धेरै हुने ओकुबो शिनओकुबो क्षेत्रमा रेष्टुरेण्टमा खाना खाएर आएको भोलीपल्टबाट स्वास्थ्यमा समस्या आएको बुझिएको छ ।

कोरियन तथा चिनियाँ नागरिकहरुको बाक्लो उपस्थिति रहने यो क्षेत्रमा नेपालीहरुको बाक्लो उपस्थिति रहने गर्दछ ।

स्वास्थ्य परिक्षण जारी रहेको र हाल आशंका मात्र गरिएको एनआरएनए जापानका अध्यक्ष देविलालभण्डारीले जानकारी दिए । उनले अहिलेनै आत्तिनु पर्ने अवस्था नरहेको वताए ।

स्वास्थ्य परिक्षणको विस्तृत रिपोर्ट आउन बाँकी रहेको जानकारी भण्डारीले दिए ।

जापान सरकार र स्वास्थ्य अधिकारीहरुले नागरिकहरुलाई भिडभाडमा धेरै नरहन तथा सार्वजनिक यात्रामा रहँदा मास्क लगाउन अनुरोध गरेका छन् ।

आफ्नो स्वास्थ्यको ख्याल गर्न र रुघाखोकी, ज्वरो तथा घाटीको स्वास्थ्य समस्या देखिन थालेमा तत्काल स्वास्थ्य परिक्षण गराउन अधिकारीहरुले अनुरोध गर्दै आएका छन् ।