१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनएको सम्पतिको रक्षामा ध्यान दिन भण्डारीको आग्रह

नेपालब्रिटेन डट कम्
२३ माघ २०७६, बिहीबार १९:२१

लण्डन । गैरआवासीय नेपाली संघका सल्लाहकार हरिवल भण्डारीले संघको काठमाण्डौंस्थित सचिवालय भवनको रक्षाको लागि एक हुन आग्रह गरेका छन् ।

भण्डारीले विहीवार समाजिक संजाल फेसबुक मार्फत संघका अध्यक्ष कुमार पन्तलाई पत्र लेख्दै ८० लाख नेपालीहरुको मनोवललाई उच्च राख्न उनीहरुबाट संकलित रकमबाट खरिद गरिएको जग्गा र भवन सहित ३५ करोड भन्दा बढी रकम खर्चिएको सम्पतिका बारेमा अध्यक्ष पन्तको धारणा फिक्का भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
भण्डारीले गैर आवासीय नेपालीहरुको कार्यालय रहेको जग्गा र भवनको सम्बन्धमा पन्तले सार्वजनिक गरेकोे तर्कसंग असहमति जनाएका छन् उनले पन्तको भनाइले गैर आवासीय नेपालीहरुको भावानामा गहिरो चोट पुगेको जनाए ।

भण्डारीले नेपालको प्रचलित कानुनी दायरामा ल्याएर संघको सम्पतिको रक्षा गर्ने पहिलो कर्तब्य अध्यक्ष पन्तको भएको वताए ।

यसअघि अख्तियार दुरुपयोग आयोगले संघको जग्गा सरकारलाई फिर्ता लिन आग्रह गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।