८ बैशाख २०८१, शनिबार
Follow Us

प्रवासी नेपाली एकता मञ्च यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी

नेपालब्रिटेन संवाददाता
२४ माघ २०७६, शुक्रबार ०६:३६

लन्डन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च यूके पुनर्गठन भएको छ । पूर्वएमाले र माओवादीलाई मिलाएर एउटै संगठन बनेको हो । मञ्चको अध्यक्षमा राजेन्द्र पुडासैनीलाई चयन गरिएको छ भने सचिवमा सुरेश गौतम छन् ।

यस्तै सदस्यहरुमा रविन्द्र कँडेल, सरस्वती केसी, नारद भण्डारी, धनबहादुर क्षेत्री, रामजी बराल, कुमार केसी, विजय वक्रम लिम्बू, हेम लिम्बू, दासुराम पाण्डे, कृष्ण भण्डारी, उमेश मोक्तान, सुशीला राई, विमला सुब्बा, कृष्ण तिवारी, नरेन्द्र कँडेल, जोनी पहाडी रहेका छन् ।

यसैगरी मनबहादुर गुरुङ, शेरसिंह ठकुरी, ठाकुर शर्मा, कपिल श्रेष्ठ, महेन्द्र कँडेल, फुल कँडेल, अरुण थापा, राजन अर्याल, यसजे शाह, रुद्र गैरे, पदम राई, पार्वती पाण्डे, श्याम शेरचन, राममणि रिजाल, एचके पौडेल र मीनु श्रेष्ठ रहेका छन् ।
नेकपा केन्द्रीय कमिटीले हिजो बिहीबार प्रवासी नेपाली एकता मञ्च यूके गठन गरेको हो ।