८ बैशाख २०८१, शनिबार
Follow Us

बार्सिलोना र रियल म्याड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिए

नेपालब्रिटेन डट कम्
२४ माघ २०७६, शुक्रबार ०७:४०

स्पेनिस क्लब बार्सिलोना र रियल म्याड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–० गोलले पराजित भयो । अर्को खेलमा घरेलु टोली रियल म्याड्रिड रियल सोसियडाडसँग ४–३ गोलको हार खेप्दै बाहिरियो ।
बिल्बाओका लागि दोस्रो हाफको इन्जुरी समयमा इनाकी विलियम्सले निर्णायक गोल गरेका थिए । बार्सिलोनाले खेलको सुरु देखिनै घरेलु टोलीविरुद्ध दबाब जमाएपनि गोल फर्काएन सकेन । कप्ता लियोनल मेस्सी र अन्सु फाती प्हिलो हाफमा लगातार चुकेका थिए । दोस्रो हाफमा पनि लगातार चुकेको बार्सिलोना इन्जुरी समयमा पुगेर हार खेप्न बाध्य बन्यो ।
यसैगरी रियललाई घरेलु मैदानमा हराउन सोसियडाडका एलेक्सान्डर इसाकले दुई तथा मार्टिन ओडेगार्ड, मिकेल मेरिनोले एक एक गोल गरे । रियालका लागि मार्सेलो, रोड्रिगो र नाचो फर्नान्डेजले गोल गरेपनि टोलीको हार टार्न सकेनन् । सोसियडाडका लागि मार्टिन ओडेगार्डले १२औं मिनेटमा पहिलो गोल गरेका थिए । ५४औं मिनेटमा इसाकले गोल गर्दै सोसियडाडको अग्रता दोब्बर बनाए । इसाकले ५६औं मिनेटमा ब्यक्तिगत दोस्रो गो गरे । मिकेलले ६९औं मिनेटमा चौथो तथा निर्णायक गोल गरेका थिए ।

यसअघि ५९ औं मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । ८१औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई उत्साह बढाए । इन्जुरी समयमा नाचो फर्नान्डेजले अर्को गोल गरेपनि रियलले हार टार्न सकेन ।