१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोरखाका मेयरले स्पष्टिकरण दिदै भने ‘प्राविधिक कारणले कार्यक्रममा भाग लिन सकिन’

नेपालब्रिटेन डट कम्
२४ माघ २०७६, शुक्रबार २०:५४

लन्डन । हाल बेलायत भ्रमणमा रहेका गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले प्राविधिक कारणले लन्डन बरो अफ हन्स्लोले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नसकेको जनाएका छन् ।

रसमोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनका लागि बेलायत भ्रमणमा रहेका गोरखा नगरपालिका मेयर राजनराज पन्तको सम्मानमा लन्डन बरो अफ हन्स्लोले बिहीवार एक कार्यक्रम आयोजना गरेको थियो। तर मेयर पन्त सो कार्यक्रममा नपुगे पछि आयोजकहरुले असजिलो मानेका थिए ।

“म बिहीबार अल्डरशटमा थिएँ। बेलायतमा नयाँ भएकाले ओभरग्राउंड तथा अन्डरग्राउंड रेल चढेर कार्यक्रमस्थल सम्म पुग्न सम्भव भएन। मलाई लिन आउंछु भनेका एकजना साथीले अन्तिम समयमा आउन नसक्ने खबर गर्नुभयो। त्यसैले म जान सकिनं,” मेयर पन्तले भने।

उनले आफ्नो अनुपस्थितिका कारण आयोजकहरुलाई पर्न गएको असुविधाप्रति दुख पनि व्यक्त गरे।

यसअघि पन्तको टोलीले रसमोर काउन्सिल भवन फार्नबोरोमा आयोजित विशेष समारोहमा रसमोर काउन्सिलसँग भगिनी सम्वन्ध कायम गर्ने एक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

ग्रेटर रसमोर नेपाली समुदायको पहल र नेपाली दूतावास समेतको समन्वयमा रश्मोर र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध जोडिएको हो ।

मेयर पन्तसहित गोरखा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ र पत्रकार महासंघ गोरखा जिल्ला अध्यक्ष किशोरजंग थापाको टोली बेलायतमा रहेको छ ।