१३ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकाविरुद्ध नेपालको फितलो ब्याटिङ

नेपालब्रिटेन संवाददाता
२५ माघ २०७६, शनिबार ०६:५३

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत शनिबार अमेरिकाविरुद्ध नेपालले फितलो ब्याटिङ गरेको छ । अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको हो । ३७ ओभरको खेल सकिँदा नेपालले १ सय ४१ रनमा ६ विकेट गुमाएको छ ।

छैटौं विकेटका लागि आएका कुशल मल्ल र विनोद भण्डारीले नेपाललाई सम्मानित स्कोरतर्फ अगाडि बढाएका थिए । आउट हुनुअघि कुशलले अर्धसतक पूरा गरे । उनलाई विनोदले साथ दिएका थिए । विनोद ३५ रन बनाएर क्रिचमा छन् भने उनलाई करण केसीले सात दिएरहेका छन् ।

टोलीका भरपर्दा ब्याटस्म्यान शरद भेषवाकर घाइते भएपछि आजको खेलमा आएका सुवास खकुरेल तीन रनमै पभेलियन फर्किए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । खेलको सत्रौँ ओभरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै पभेलियन फर्किए भने खेलको १८औं मिनेटमा पारस खड्का १९ रन बनाएर आउट भए । खेलको २१औं ओभरमा आरिफ शेख दुई बनाएर पभेलियन फर्किए ।