१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ओमानसँग नेपालको करारी पराजय

नेपालब्रिटेन संवाददाता
२६ माघ २०७६, आईतवार १२:५८

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग दुईमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको छ । ओमानसँग नेपालको यो दोस्रो हार हो । टुयु मैदानमा आज टस जितेर ओमानले फिल्डिङ रज्दा नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन जोड्यो । ओपनर सुबास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटकोलागि ४८ रनको साझेदारी गरे र सुबाष २२ रनमा आउट भए ।

यसपछि दोस्रो विकेटकोलागि ज्ञानेन्द्र मल्ल र पारस खड्काले दोस्रो विकेटकोलागि ५९ रनको साझेदारी गर्दै इनिङ सम्हाले। पारस ३८ रनमा आउट भए भने उपकप्तान दिपेन्द्र सिंह ऐरी डक आउट हुन पुगे । दिपेन्द्र शुन्य रनमा आउट भएको यो लगातार दोस्रो पटक हो । ज्ञानेन्द्र मल्ल भने अर्धशतक प्रहार गरे।ओडिआईमा उनको यो दोस्रो अर्धशतक हो । ५६ रन बनाएर ज्ञानेन्द्र अकिब इल्यासको बलमा मोहम्द नदिमको बलमा क्याच आउट भए । यसअघि ज्ञानेन्द्रले नेपालको पहिलो ओडिआईमा नेदरल्याण्डस विरुद्ध पहिलो अर्धशतक प्रहार गरेका थिए ।

यसपछि बिनोद भण्डारीले ३५ तथा कुशल मल्ल र आरिफ शेखले २८र२८ रन बनाए।बलिङमा अकिब इलयासले चार र मोहम्मद नदिमले तीन विकेट लिए । जवाफमा २५० रनको लक्ष्य पछ्याएको ओमानले ४७ दशमलव दुई ओभरमा मात्र दुई विकेट गुमाउँदै आठ विकेटको जित हात पार्यो।जतिन्द्र सिंहले २३ र खवार अलिले ४१ रन बनाएर ओमानलाई राम्रो सुरुवात दिलाए । यसपछि अकिब इलयास र जीसन मकसुदले तेस्रो विकेटकोलागि अविजित १६७ रनको साझेदारी गर्दै ओमानलाई आठ विकेटको सानदार जित दिलाए।

यो क्रममा अकिब इलियासले सतकीय पारी खेल्दै अविजित १०८ रनको योगदान दिए । यो जितमा ओमान १४ अंक सहित लिगको शीर्षस्थानमा उक्लिएको छ।जीसन मकसुद अविजित ६८ रनमा रहे।नेपाल पहिलो खेलमा पनि ओमानसँग १८ रनले हारेको थियो भने हिजो अमेरिकालाई ३५ रनले हराउन सफल भएको थियो । अब बुधबार नेपालले अमेरिकासँग खेल्नेछ ।