६ बैशाख २०८१, बिहीबार
Follow Us

महिला एसिया कपमा नेपालको फराकिलो हार

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७३, शनिबार १३:५३

काठमाडौं । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटको फराकिलो अन्तरले पराजित भएको छ ।

बैंककस्थित एसिया इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा आज भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ४७ रन मात्र बनायो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले ११ रनको योगदान दिइन । अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रनसमेत बनाउन सकेनन् ।

अठचालिस रनको झिनो लक्ष्य पछ्याएको पाकिस्तानले १० ओभरमा एक विकेट गुमाउँदै पुरा ग¥यो । नेपालले अर्को खेल सोमबार श्रीलङ्कासँग खेल्नेछ ।