६ चैत्र २०८०, मंगलवार
Follow Us

प्रोतुगलमा एनआरएन वरिष्ठ उपाध्यक्षले पत्रकार कुटे, प्रहरीमा उजुरी

नेपालब्रिटेन डट कम्
२७ माघ २०७६, सोमबार १९:०८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रोतुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले त्यहाँस्थित एक सकृय पत्रकार माथि हातपात गरेका छन् ।

लिस्बोनको काईसोद्रेका आयोजित एक कन्सर्टको रिपोटिगं गर्न पुगेका सविन घिताललाई थापाले आइतवार साँझ कुटपिट गरेका हुन् । थापाको कुटाईबाट घाइते भएका घितालले स्थानिय अस्पतालमा उपचार गराएका थिए ।

पिडित पत्रकार धितालले प्रहरी समक्ष उजुरी दिएका छन् । थापालाई स्थानिय प्रहरीले आजै साँझ नियन्त्रणमा लिने तयारी गरेको वताएको छ

धिताल भोइस अफ नेपाल टिभी र प्रोतुगलमा रहेका पत्रकारहरुको संस्था नेप्लिज जर्नालिष्ट क्लबमा आबद्ध छन् ।

धितालले पछिल्लो केहि महिनादेखि प्रोतुगलमा कृषि कामदारहरुको पिडा र मानव तस्करीको बारेमा भोइस अफ नेपालमा लगातार फलोअप समाचार प्रकाशन गर्दै आएका थिए ।

आक्रमणकारीले धिताललाई समाचार लेखे दुवै हात काटिदिने र जिन्दगी बर्बाद गरिदिने बरु जेल गएर बस्ने धम्कि दिएका थिए ।