११ बैशाख २०८१, मंगलवार
Follow Us

‘काव्य घर’मा भित्रिँदै ‘सङ्घर्ष’

sarusaru
२८ माघ २०७६, मंगलवार ०६:५९

काठमाण्डौ – आगामी फाल्गुण ४ गते आइतबारका दिन ‘काव्य घर’ नामक साहित्यिक कार्यक्रम सञ्चालन हुने भएको छ । ‘काव्य घर’को पहिलो श्रृङ्खलामा नारी हस्ताक्षर तथा उपन्यासकार हिरा शर्मा ‘सङ्घर्ष’लाई सुन्न पाइनेछ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज धौलागिरी कार्य समितिको आयोजनामा उक्त साहित्यिक कार्यक्रम सञ्चालन हुने भएको हो । साहित्यिक सर्जकहरुलाई स्टेजमा राखेर उनीहरुका सिर्जनाको साथमा जीवनका भोगाईहरु सुनिने कार्यक्रमको उद्देस्य रहेको छ । मासिक रुपमा सञ्चालन गरिने यस कार्यक्रममा धवलागिरी अञ्चलका विभिन्न स्रष्टाहरुलाई समेटेर विभिन्न स्थानमा गएर कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
को हुन् ‘सङ्घर्ष’?
पिता मणिरत्न उपाध्याय र माता सुमित्रा उपाध्याको कोखबाट २०३७ साल फाल्गुन ४ गते म्याग्दीमा जन्मेकी हिरा शर्मा पौडेल साहित्यिक क्षेत्रमा ‘सङ्घर्ष’को नामले परिचित छन् । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी उनी पेसाले शिक्षिका हुन् । दुःखबाट नै जीवन जिउन सिकिन्छ भन्ने विस्वासले नै उनी आज यो ठाउँमा छन् । जीवनका हरेक घुम्तिहरुमा पटकपटक लड्दै र उठ्दै गरेका कारण नै आफ्नो नाम ‘सङ्घर्ष’ रहेको स्विकार्न हिचकिचाउँदिनन् । जीवन नै साहित्य हो भन्ने कुरालाई मूल मन्त्र मान्ने उनले बेनपा–४, राक्सेका महिलाहरुलाई नौमती बाजा समूहमा गोलबद्ध गराई सशक्तिकरणको बाटोमा डो¥याउने उनको प्रयास सह्रानीय रहेको छ । पछिल्लो समय उक्त बाजा समूहले विभिन्न ठाउँमा गएर आफ्नो कला समेत प्रस्तुत गरेर प्रशंसा बटुल्न सफल भएको छ ।
विभिन्न सामाजिक तथा साहित्यिक संंंघ संस्थाहरुमा आबद्ध उनलाई म्याग्दीको माटोमा प्रगतिशील नारी हस्ताक्षरको रुपमा चिन्ने गरिन्छ । प्रगतिशील लेखक संघ म्याग्दीको उपाध्यक्ष, म्याग्दी साहित्य सञ्चारको सचिव भएर साहित्यिक संघ संस्थाहरुको समेत नेतृत्व गरेकी उनको ‘उसको डायरी’ नामक उपन्यास समेत प्रकाशन भइसकेको छ भने आफ्ना स्वतन्त्र धारका गजलहरु समावेश गरेर एक गजल सङ्ग्रह समेत छिटै बजारमा आउने तयारीमा रहेको छ ।