August 11, 2020
4:14 PM | 8:59 PM

एनआरएनए र राजनीतिक भातृसंगठन दुबैमा पद लिनेहरु बर्खास्तमा पर्ने

  11/02/2020 मा प्रकाशित

लण्डन । गैरआवासीय नेपाली संघ (एआरएनए) मा आवद्ध रहेर पनि नेपालको राजनितिक भातृसंगठनमा पद लिएका केही पदाधिकारीहरुले तुरुन्त राजीनामा नदिए एनआरएनएले निलम्बन गर्ने भएको छ ।

गैरआवासिय नेपाली संघ एनआरएनएका महासचिव डा. हेमराज शर्माले मंगलबार एक प्रेस विज्ञप्ती जारी गदै यस्तो चेतावनी दिएका हुन ।

अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदका पदाधिकारी र सदस्यहरु नेपालका विभिन्न राजनितिक दलका भातृसंगठनको कार्यसमितिमा संलग्न रहेको जानकारीमा आएको छ’ विज्ञप्तीमा भनिएको छ– संघको निर्वाचन सम्बन्धी नियमावलीको दफा ७।६ मा संघको कार्यकारी पदमा रहेका व्यक्तिहरु राजनितिक, जातिय र धार्मिक संस्थाको कार्यकारी समििितको पदाधिकारी तथा सदस्यमा पदभार ग्रहण गरेको पाइएमा निजलाई पदबाट वर्खास्त गरिने व्यवस्था छ ।’
यसरी आवद्ध भएका केही पदाधिकारीहरुले आफु संलग्न भएको संगठनबाट राजीनामा दिएको स्वः घोषणा गरी यसको जानकारी फेब्रुअरी २० सम्म संघका महासचिवलाई लिखित जानकारी दिन आग्रह गरिएको छ ।
तोकिएको मिति सम्म कुनै जवाफ नआएको खण्डमा निजलाई पदबाट वर्खास्त गरी कार्वाही अगाडी बढाइने संघले विज्ञप्ती मार्फत जनाएको छ ।

प्रतिक्रिया