१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए केन्द्रिय सदस्य प्रधानद्धारा जनसम्पर्क समितिबाट राजीनामा

नेपालब्रिटेन डट कम्
२९ माघ २०७६, बुधबार १९:४०

बेल्जियम । गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय सदस्य अनुजा प्रधानले बेल्जियमस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको कार्यसमिति सदस्य पद त्यागको घोषणा गरेकी छन् ।

गैरआवासीय नेपाली संघको निर्वाचन सम्वन्धी नियमावलीको दफा ७ (६) मा संघका कार्यकारी पदमा रहेका व्यक्तिहरु कुनै राजनीतिक, जातीय र धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्यमा पद ग्रहण गर्न नपाइने व्यवस्था अनुरुप सो पद छोडेको प्रधानद्धारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानले आगामी दिनमा गैरआवासीय नेपाली संघको अभियानमा सकृय सहभागी हुने प्रतिबद्धता जनाएकी छन् ।

उनले एनआरएनए र राजनीतिक दल दुबै तिर आबद्ध भएका व्यक्तिहरुलाई एक तिरको जिम्मेवारी त्याग गरि संघभित्रको शुद्धिकरण अभियानमा सहयोग गर्न आग्रह गरेकी छन् ।

प्रधान नेपाली कांग्रेस केन्द्रिय समितिद्धारा गठिन नेपाली जनसम्पर्क समिति बेल्जियमको निर्वाचन तर्दथ समितिको सदस्य थिइन् ।

यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मंगलवार एक पत्र जारी गर्दै राजनीतिक, जातीय, धार्मिक र गैरआवासीय नेपाली संघको कार्यकारी पदमा रहेमा दुई मध्य एक पद २५ फेब्रोवरी भित्र छोड्न आग्रह गरेको थियो ।