१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल हाउसका लागि १ लाख पाउण्डमा जग्गा किन्ने एनआरएन यूकेको तयारी

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७३, शनिबार २२:०८

लन्डन । गैरआवासीय नेपाली सँघ यूकेले नेपाल हाउस निमार्णको प्रकृयालाई तिब्र पारेको छ । सँघको सकृयतामा बेलायतमा निमार्ण हुने नेपाल हाउसका लागि वकिङ काउन्सिल अन्र्तगत पर्ने करिब १ लाख पाउण्डको लगानीमा जग्गा खरिद गर्ने बारेमा छलफलभै रहेको एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङले जनाए । अहिले हामी प्रराम्भिक चरणको छलफलमा छौं तर यही जग्गा किन्ने भन्ने पक्का भएको छैन् गुरुङले भने । उनले वकिंग काउन्सिलसंग पलानिङ प्रमिशनका लागि आग्रह गरिने जानकारी दिए । यसै बीच गैरआवासीय नेपाली सँघ यूकेले जग्गा खरिद प्रकृयाका बिषयमा बिभिन्न संघसँस्थाहरुसँग राय मागेको छ ।

एनआरएन यूकेले खरिद प्रकृया अगाडी बढाएको जग्गा
एनआरएन यूकेले खरिद प्रकृया अगाडी बढाएको जग्गा

शनिवार फार्नवरोस्थित गोर्खाप्यालेस रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा यहाँस्थित बिभिन्न सामाजिक संघसँस्थाका प्रतिनिधीहरुसंग एनआरएन यूकेले छलफल गरेको हो । २ दर्जन भन्दा बढी संघसँस्थाको उपस्थिती रहेको सो कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले गैरआवासीय नेपाली संघ यूकेको नेपाल हाउस सम्बन्धी अवधारणाको स्वागत गरेका थिए । सर्वसाधारणहरुको समेत पहुँच पुग्ने गरि सो हाउस निर्माण गर्न समेत सहभागीहरुले सुझाव दिए ।

सहभागीहरुले नेपाल हाउस परियोजनाका लागि आर्थिक, भौतिक र नौतिक सहयोग गर्ने आश्वासन दिएका थिए । उनीहरुले एनआरएन यूकेसँग सहयोग र सहकार्य गरि अगाडि बढ्ने विश्वास दिलाए । कार्यक्रममा एनआरएन युरोप संयोजक कुल अचार्य, पूर्वअध्यक्ष सूर्य गुरुङ, एनआरएन यूके कार्यसमितिका पदाधिकारी लगायतको बिषेश उपस्थिती थियो ।

15267751_1398713490192094_1063845718515755378_n

15192679_1398710230192420_8103727958452752977_n

1