१५ चैत्र २०८०, बिहीबार
Follow Us

आचार्य बालकृष्ण काठमाडौँमा

नेपालब्रिटेन संवाददाता
२ फाल्गुन २०७६, शुक्रबार १५:१५

काठमाडौं । भारतीय पतञ्जली योगपिठका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्ण आज नेपाल आएका छन् । ६ दिने भ्रमणका लागि उनी आज अपरान्ह काठमाडौं आइपुगेका हुन् । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालमा आयुर्वेदिक उपचार पद्दतीको विकासमा पतञ्जली योगपीठले सधै सहयोग गर्ने बताए ।

आचार्य बालकृष्णले शनिवार धुलिखेलमा आवासीय योग शिविरको उद्घाटन गर्ने कार्यक्रम छ । उनले पोखरा, भैरहवा, चितवन, हेटौडा, विरगञ्ज लगायतका स्थानको पनि भ्रमण गर्ने कार्यक्रम छ । नेपालमा पतञ्जलीको लगानी र उपचार सेवा विस्तार गर्ने विषयमा पनि उनले सरोकारवालासँग छलफल गर्ने बताइएको छ ।

आचार्य बालकृष्णले भारतीय योगगुरू रामदेवसँगको सहकार्यमा आयुर्वेद र दैनिक उपभोग्य समाग्रीको उत्पादनलाई बिश्व बजारमा बिस्तार गरिरहेका छन् ।