१३ बैशाख २०८१, बिहीबार
Follow Us

जापानमा बाग्लुङकी नेपाली चेलीको निधन

नेपालब्रिटेन डट कम्
२ फाल्गुन २०७६, शुक्रबार २१:४४

टोकियो । जापानमा एक नेपाली चेलीको निधन भएको छ । टोकियोको चाेफुमा बस्दै आएकी गल्कोट ताराखोला गाउँपालिका–३ हिल डोवटा बाग्लुङकी ४२ वर्षीया लाल कुमारी चालिसे कुवँरको बिहीबार ज्यान गएको हो ।

गल्कोट समाज जापानका पूर्व अध्यक्ष नरबहादुर थापाकाअनुसार उनी मुटुरोगी थिइन् । उनको टोकियो चाेफुस्थित साकाकिबारा अस्पतालमा उपचार भइरहेको थियो ।

मुटुरोगी चालिसेको मुटुको अप्रेसन गर्ने क्रममा अप्रेसन असफल भएपछि ज्यान गएको हो । करिव ४ वर्ष अघि जापान आएकी उनी श्रीमानको साथमा बस्थिन् ।

उनको पार्थिव शरीरलाई यही फेब्रुअरी १७ तारिख सोमबार दिउँसो २।४० बजे जापानकै फुदोमाए रेल स्टेसन नजिकै अन्तिम दाहसंस्कार गरिने थापाले जानकारी गराएका छन् ।