१२ बैशाख २०८१, बुधबार
Follow Us

बोलेरोको ठक्‍करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु

sarusaru
३ फाल्गुन २०७६, शनिबार ०२:२५

काभ्रे : भक्तपुरबाट बनेपातर्फ आउँदै गरेको बा १९ च १३२३ नम्बरको बोलेरोको ठक्‍करबाट प्रहरी चौकी साँगाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असइ) तेजबहादुर गुरुङको मृत्यु भएको छ । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । डिउटीमै रहेका असइ गुरुङ बाटो काट्ने क्रममा बोलेरोले ठक्‍कर दिएको प्रहरीले जनाएको छ ।

गुरुङलाई बोलेरो जीपले प्रहरी चौकी अगाडि ठक्‍कर दिएको इलाका प्रहरी कार्यालय बनेपामा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार ठक्‍कर दिने बोलोरो गाडीका चालक भक्तपुर नपा १० का बिक्रम नाकी बन्जारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।