१३ बैशाख २०८१, बिहीबार
Follow Us

सांसदसँग जनसम्पर्क समिति यूकेले अन्तरक्रिया गर्ने

नेपालब्रिटेन संवाददाता
३ फाल्गुन २०७६, शनिबार ०२:४८

लन्डन । नेपाली जनसम्पर्क समिति यूकेले सांसदसँग अन्तरक्रिया गर्ने भएको छ । कांग्रेस सांसद महेन्द्रा लिम्बू र राष्ट्रियसभाका पूर्वसांसद सरिता प्रसाईसँग समितिले भोलि आइतबार अन्तरक्रिया गर्ने अध्यक्ष युवराज गुरुङले जानकारी दिए । लिम्बू र प्रसाई दुवै झापा जिल्लाबाट प्रतिनिधित्व गर्ने सासद हुन् ।

लन्डन रायस्लिप रहेको रारा रेस्टुरेन्टमा आयोजना हुने उक्त अन्तरक्रिया कार्यक्रम अपरान्ह १ बजे सुरु हुनेछ । लोकतन्त्रमा आस्था राख्ने र नेपाली कांगे्रस पार्टीमा विश्वास राख्ने बेलायतवासी नेपाली समुदायलाई कार्यक्रममा सहभागिताका लागि अन्य गुरुङले अनुरोध गरेका छन् ।