April 8, 2020

टेबलमै चढेर सलामी खाने मेयरले भने ‘भुँइमै कपडा बिछ्याएर गरौं भन्दा मानेनन्’

  15th February 2020 मा प्रकाशित

बाग्लुङ । बाग्लुङको जैमिनी नगरपालिकामा मेयर इन्द्रराज पौडेलको अहिले सामाजिक संजालमा चर्चामा छन् ।

प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७६ को उद्घाटन समारोहमा टेवलमा चढेर सलामी लिए पछि उनी चर्चामा आएका हुन् ।
पौडेलले आफुले भुईमा एउटा कपडा बिछ्यार गरौं भन्दा आयोजकले नमानेको बताएका छन् ।

‘सुरुमा त मैले भुँइमै एउटा कपडा बिछ्याएर गरौं भने तर फेरी उहाँहरुले अलिक उचाइमै चढ्नुपर्छ भनेपछि म टेबलमा चढेको हुँ, उनले भने।

जिल्लाबाट आमन्त्रित खेल रेफ्री र प्रशिक्षकले खेलाडीलाई जमिनमा टेकेर सलामी फर्काउन नमिल्ने कुरा राखे। त्यसो गर्दा खेलाडीहरुको अपमान हुने प्रशिक्षहरुले तर्क राखेको मेयर इन्द्रराज पौडेलले बताए ।

मेयर पौडेलले टेबुलमा उभिएर खेलाडीहरुलाई सलामी फर्काउन रेफ्रीहरु र प्रशिक्षकहरुले बाध्य पारेकाथिए । उनले आगामी दिनमा यस्तो कुरामा आफू सचेत हुने बताए।

प्रतिक्रिया