१२ बैशाख २०८१, बुधबार
Follow Us

भूपू गोर्खाद्धारा आन्दोलन स्थगित (भिडियो)

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७६, शनिबार १८:५०

दिनेशकुमार परियार। लण्डन । आन्दोलनरत गोर्खा सत्याग्रह युकेले नेपाल सरकारले औपचारिक रुपमा ब्रिटिश राजदूतावासलाई पत्र पठाएसंगै आफना सबै कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ ।

सत्याग्रहका अभियानकर्ता ज्ञानराज राईले लण्डनमा गोर्खा च्यानललाई सरकारको पत्रले आफूहरु सकारात्मक रहेको प्रतिकृया दिए ।

उनले अव बेलायती सरकार भाग्न नसक्ने भन्दै आफना मागहरुप्रति उचित सम्बोधन नगरे आन्दोलन जारी राख्ने जनाए । उनले सरकारलाई केही समय दिन आफनो आन्दोलन स्थगित गरेको स्पष्ट गराए ।

संयुक्त कार्यदलले तयार पारेको १३ बुँदेमागलाई पुरा गराउन गोर्खा सत्याग्रहले चरणबद्ध आन्दोलन गर्दै आएको थियो ।

उनीहरुले नेपालसरकारलाई औपचारिक पत्र लेख्न दवाव दिंदै १४ मार्च सम्म अल्टिमेटम दिएको थियो । तर नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले यसको दुई दिन अघि नै बेलायत सरकारलाई औपचारिक पत्र पठाएको थियो ।

केही दिन अघि परराष्ट्र मन्त्रालयले काठमाण्डूस्थित ब्रिटिश राजदूतावासलाई नेपालले त्रिपक्षीय सन्धिको पुनरवलोकन र अवकाशप्राप्त गोर्खाका गुनासाहरूबारे वार्ताका लागि प्रस्ताव गरेको थियो।
सन् १९४७ मा भएको उक्त सन्धिपश्चात् नेपालले यसप्रकारको औपचारिक पत्र पठाएको यो नै पहिलो पटक भएको बताइएको छ।

भूतपूर्व गोर्खा र कतिपय राजनीतिक दलका नेताहरूले पनि पटकपटक उक्त सन्धिको पुनरवलोकन हुनुपर्ने माग गर्दै आएका थिए। पत्रमा सन् २००७ देखि ब्रिटिश सेनामा कार्यरत नेपाली नागरिकहरूलाई भूतपूर्व गोर्खासँग सम्बन्धित कतिपय जायज मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको उल्लेख छ।

ती मुद्दाहरूलाई ब्रिटिश पक्षबाट समानता, न्याय र निष्पक्ष सम्बोधनको आवश्यकता रहेको पत्रमा लेखिएको छ।