१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनएको तीन समिति विस्तार

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७६, शनिबार २३:१६

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का तीन समिति विस्तार भएका छन् । गैर आवासीय नेपाली संघको स्मार्ट एनआरएनए समिति र रक्तसंचार तथा फाउण्डेशन अवधारणापत्र तयारीको लागि कार्यदलको गठन गरिएको छ । गैर आवासीय नेपाली संघको पोखरामा सम्पन्न बैठकको निर्णय अनुसार ति समितिलाई शनिवार अन्तिम रुप दिएको हो । स्मार्ट एनआरएनएको संयोजकमा संघका सचिब गौरी जोशी रहेका छन् । यस्तै रक्तसंचारको कार्यदलमा फडिन्द्र पन्त र एनआरएनए फाउण्डेशन अवधारणापत्र कार्यदलमा एकनाथ खतिवडा रहेको एनआरएनएले जनाएको छ ।