८ बैशाख २०८१, शनिबार
Follow Us

मेगा बैंकलाई दोहा बैंकको दुई अर्ब रुपैयाँ

नेपालब्रिटेन संवाददाता
४ फाल्गुन २०७६, आईतवार १५:५०

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दोहा बैंकबाट दुई अर्ब रुपैयाँ भन्दा बढी व्यवसायिक ऋण नेपाल भित्र्याउने भएको छ । मेगा बैंक नेपाल लिमिटेडले कतारको दोहा बैंकबाट दुई करोड अमेरिकी डलर ९करिब दुई अर्ब २५ करोड रुपैयाँ० भित्र्याउन लागेको हो ।

मेगा बैंककी सिईओ अनुपमा खुञ्जेली र दोहा बैंकका नेपालस्थित कार्यालयका प्रमुख सुरजविक्रम शाहीबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दोहा बैंकले नेपालको बैंकमा लगानी गरेको यो पहिलोपटक हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिलगत्तै मेगा बैंकले यो रकम नेपालमा भित्र्याउनेछ ।

कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट व्यवसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने नेपाल राष्ट्र बैंकको व्यवस्था मेगा बैंकले दोहा बैंकबाट रकम ल्याउने प्रक्रिया थालेको थियो ।

नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी (तरलता) अभावको समस्यालाई समेत मध्यनजर राख्दै दोहा बैंकबाट रकम भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ । योसँगै बजारमा तरलताको अभाव अन्त्य भई सरल रुपमा कर्जा प्रवाह हुने र व्यवसायिक लगानीकर्ताहरुलाई राहत मिल्ने मेगा बैंकको विश्वास छ ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको अहिले देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।