१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए शुद्धिकरण अभियानः शुल्क नतिर्ने सदस्यहरुको पद धरापमा

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७६, आईतवार २०:४६

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले विगतका केही वर्ष देखी चर्को विवाद र आलोचना खेप्दै आएको छ । संघको नीति र नियमलाई कडाईका साथ लागु नहुँदा बेतिथि बढे पछि वर्तमान अध्यक्ष कुमार पन्तको सकृयतामा शुद्धिकरण अभियान शुरु भएको छ ।

गत अक्टोरमा निर्वाचित नयाँ कार्यसमितिले आर्थिक परदर्शिता र संस्थागत सुधारलाई पहिलो प्रथामिकतामा राखेको छ । संघले तीन महिनामा आर्थिक विवरण सार्वजानिक गर्दे राष्ट्रिय समितिहरुलाई समेत आफ्नो आर्थिक विवरण सार्वजानिक गर्न आग्रह गर्दै आर्थिक सुधारका काम शुरु गरेको हो ।

यस्तै राजनीतिक दलका भातृसंस्था र गैरआवासीय नेपाली संघको दोहोरो जिम्मेवारी लिनेहरुलाई समेत संघले पद मुक्त गर्ने तयारी यसअघि नै शुरु गरेको छ ।

यसैबीच गैरआवासीय नेपाली संघको शुल्क नतिर्ने मनोनित तथा निर्वाचित आइसीसी सदस्यहरु माथि कार्यवाही प्रकृया अघि बढाएको छ ।

संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार संघले शुल्क नर्तिने आइसीसी सदस्यहरुको सपथ रोकिएको छ । ‘उहाँहरुलाई शुल्क तिरेर सफथ खानुहोस् भनेका छौं’ क्षेत्रीले भने ‘संघभित्र सबैको साथ लिएर अघि बढ्न सुझाव आएको छ हामी त्यही अनुसार गछौं’ । उनले आइसीसी सदस्यहरुलाई आन्तरिक पत्राचार गरिएको जनाए ।

संघले सदस्यता शुल्क नतिर्नेहरुको लागि २९ फेब्रोवरी भित्र शुल्क बुझाउन आग्रह गर्दै पत्र काटेको छ । आइसीसी सदस्य शुल्क नतिर्नेहरुको संख्या १ दर्जन भन्दा बढी रहेको छ । संघको निमयअनुसार मनोनित सदस्यले १ हजार र निर्वाचितले ५ सय डलर तिर्नु पर्ने हुन्छ ।