१३ बैशाख २०८१, बिहीबार
Follow Us

नवनियुक्त कानूनमन्त्रीद्वारा पदभार ग्रहण

नेपालब्रिटेन संवाददाता
५ फाल्गुन २०७६, सोमबार १६:०४

काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि सिंहदरबारमा रहेको मन्त्रालयमा उहाँले आजैै पदभार ग्रहण गर्नुभएको हो ।

पदबहालीका क्रममा मन्त्री तुम्बाहाङ्फेले संविधानले व्यवस्था गरेका मौलिक हक कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली आगामी चैत मसान्तभित्र मस्यौदा गरिसक्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको थियो ।

सो अवसरमा उहाँले कानून मन्त्रालयले स्थिरता प्राप्त गरेको प्रतिक्रिया दिनुभयो । यसअघि तुम्बाहाङ्फे प्रतिनिधिसभाको उपसभामुख हुनुहुन्थ्यो ।

विसं २०२० मा जन्मनुभएका नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले ‘नेपालको राजनीतिमा महिला आन्दोलन’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ । उहाँले एक दशक त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापकका रूपमा प्राध्यापन गर्नुभएको थियो ।