७ बैशाख २०८१, शुक्रबार
Follow Us

जनकपुरमा सामुहिक बलात्कार गर्ने ४ मध्ये २ जना पक्राउ

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७६, सोमबार २०:०७

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलाको सामुहिक बलात्कारको घटना सार्वजनिक भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकामा बस्ने ४० वर्षिय महिलालाई ४ जना यूवकले मिलेर सामुहिक बलात्कार गरेको हो ।
बलात्कार गर्नेहरु मध्ये २ जना प्रहरी नियन्त्रणमा रहेको जिप्रका धनुषाले जनाएको छ ।

बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर ७ का २५ नरेश महतो र भारतको विहार प्रान्त मधुवनी जिल्ला स्थित कलुवाही बस्ने ४९ वर्षिय राघवेन्द्र कुमार सिंह रहेको प्रहरी निरीक्षक अशोक झाले जनाए । फरार रहेका २ जनाको खोजी कार्य तिव्ररुपमा भईरहेको प्रहरी निरिक्षक झाले जानकारी दिए ।
बलात्कार सोमबार विहान जनकपुरधाम स्थित वडा नम्बर ८ मा भएको थियो ।