१४ बैशाख २०८१, शुक्रबार
Follow Us

क्यानाडामा एनआरएनए विज्ञ सम्मेलन हुने

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७६, मंगलवार ०३:४७

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रीय विज्ञ सम्मेलन क्यानडामा हुने भएको छ । गैरआवासीय नेपाली संघको आयोजनामा आगामी अक्टोवरमा काठमाण्डौंमा हुने विज्ञ सम्मेलनको तयारी स्वरुप अमेरिका क्षेत्रीय बैठकले विज्ञ सम्मेलन क्यानडामा गर्ने निर्णय गरेको हो ।

एनआरएएनए अमेरिका क्षेत्रीय संयोजक राजन त्रिपाठीका अनुसार आइतबार बसेको क्षेत्रीय बैठकले सो सम्मेलन क्यानडामा गर्ने निर्णय गरेको हो ।
सम्मेलन जुलाई महिनामा गर्ने तयारी भए पनि मितिको अन्तिम टुंगो भने छिट्टै लगाइने संयोजक त्रिपाठी जनाए ।

क्षेत्रीय बैठकमा संघकी उपाध्यक्ष रविना थापा, सचीव गौरीराज जोशी, क्षेत्रिय उपसंयोजक राम पोखरेल, क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, क्षेत्रीय युवा संयोजक बिमला सापकोटा, एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिबी घिमिरे, एनआरएनए अमेरिका अध्यक्ष सुनिल साह लगायत आइसिसी सदस्य, एनसिसी पदाधिकारी लगायतको सहभागीता थियो ।

अक्टोवर अगावै सम्मेलनको पूर्व तयारीस्वस्प विभिन्न क्षेत्रमा विज्ञ सम्मेलन आयोजना गरिनेछ ।