२५ बैशाख २०८१, मंगलवार
Follow Us

भारत हुँदै विदेश जान नपाईने, काठमाण्डौं विमानस्थलबाटै उड्नु पर्ने

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७६, मंगलवार ०४:०५

काठमाडौं । सरकारले स्थलमार्गबाट भारत हुँदै तेस्रो मुलुक जान नेपालीलाई रोक लगाएको छ। मानव तस्करीलाई रोक्ने भन्दै सरकारले यस्तो निर्णय लिएको हो।

गृह मन्न्त्रालयअन्तर्गतको अध्यागमन विभागको यो निर्णयसँगै भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले एक सूचना प्रकाशित गरी नेपाली नागरिकलाई काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्न विशेष अनुरोध गरेको छ।

‘नेपालबाट स्थलमार्ग प्रयोग गरी भारत प्रवेश गरी तेस्रो मुलुक उडान गर्न खोज्दा आइपर्न सक्ने समस्याबाट बच्नका लागि नेपाली नागरिकलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्न विशेष अनुरोध गरिन्छ,’ दूतावासबाट जारी सूचनामा उल्लेख छ।

नेपाल र भारतबीच खुला सीमा रहेकाले दुई देशका नागरिकलाई एकअर्काको देशमा आवतजावत गर्न सहजै पाउने गर्छन्। विभिन्न उद्देश्यले स्थलमार्गबाट दिनहुँ ठूलो संख्यामा नेपालीहरु भारत आउने जाने गर्छन्। यीमध्ये कतिपय नेपालीहरु भारतीय विमानस्थल प्रयोग गरी तेस्रो मुलुक उड्नका लागि जाने गर्छन्।