१५ चैत्र २०८०, बिहीबार
Follow Us

डन लामा पक्राउ

नेपालब्रिटेन संवाददाता
६ फाल्गुन २०७६, मंगलवार ०५:३०

काठमाडौं । मादक पदार्थ सेवन गरेर गाडी हाँकिरहँदा गुन्डा नाइके उर्फ ‘डन’ सत्यमान लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सोमबार राति उनलाई पक्राउ गरेको जनाएको छ । मापसे गरेर सवारी साधन चलाएको र प्रहरीसँगै विवाद गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गुन्डा नाइके दावा लामाका सहयोगी रहेका सत्यमान लामालाई सोमबार राति लाजिम्पाटबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी होबिन्द्र बोगटीले पुष्टि गरेका छन् । प्रहरीका अनुसार उनी होटल सांग्रिलाबाट मादक पदार्थ सेवन गरेर गाडी हाँकिरहेका थिए, सोही क्रममा प्रहरीले सोधपुछ गर्दा उनी प्रहरीसँगै बाझ्न थालेपछि नियन्त्रणमा लिइएको हो ।

यस पनि २०७५ असारमा उनी पक्राउ परेका थिए । त्यसवेला सांसद नवीना लामाले उनलाई जमानतमा रिहा गराएकी थिइन् । त्यसपछि पनि फेरि लामा चेक बाउन्सको उजुरीमा पक्राउ परेर छुटेका थिए ।