४ बैशाख २०८१, मंगलवार
Follow Us

लण्डनमा कांग्रेसको अन्तरक्रियाः ओली सरकार काण्डैकाण्डको पुलिन्दा भएको ठहर

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७६, मंगलवार १६:०४

लन्डन । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले लण्डनमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

आइतवार लण्डनस्थित गोल्डेनसिप रेस्टुरेन्टका आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री सरिता प्रसाईले वर्तमान सरकारले देशको सिमा रक्षा गर्न असफल भएको वताइन् । उनले कालापानी लगायतको क्षेत्रमा भारतले सिमा कब्जा गर्दा सरकार मुखदर्शक भएको वताउँदै सरकारलाई जनताको साथ रहेकाले तत्तकाल कुटनौतिक पहल शुरु गर्न आग्रह गरिन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार काण्डैकाण्डको पुलिन्दा भएको दावी गरिन् । उनले अब नेपाली कांग्रेस बलियो नभए सम्म लोकतन्त्र कमजोर हुने तर्क गरिन् ।

उनले पार्टीको आन्तरिक निर्वाचनमा जजस्सलाई भोट हाल्न सक्ने अधिकार भए पनि संसदीय निर्वाचनमा उम्मेदवार होइन् रुख चिन्ह छन्ना आग्रह गरिन् ।

उनले महाधिवेसनको वेला पार्टीभित्रको विवाद स्वभाविक भएको वताइन् । उनले पार्टी भित्र कम्युनिष्टसंग भिड्ने सक्ने नेताको आवश्यक रहेको जिकीर गरिन् । उनले चर्को कर नीतिका कारण देशमा गैरआवासीय नेपालीले लगानी गर्ने वातावरण नरहेको वताइन् ।

सांसद श्रीमती महेन्द्र लिम्बू सुब्बाले नेपाली कांगे्रसको आन्तरिक राजनीतिबारे सहभागीलाई जानकारी गराएकी थिइन् ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले नेपाली कांगे्रसमा भएको आन्तरिक विवादले पार्टीको भविष्य संकटमा परेको बताएका थिए ।

कार्यक्रममा विश्वआदर्श पण्डितले नेपाली कांगे्रस पार्टीलाई गोडमेल गर्नुपर्ने र पानी मलजल गर्नुपर्ने बताए ।

लोकतन्त्रको संरक्षण र सम्वद्र्धन नेपाली कांगे्रसबाहेक अन्य कुनै राजनीतिक दलको विकल्प नभएको पण्डितको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दे नेपाली जनसम्पर्क समिति वेलायतका निवर्तमान सभापति लोक गुरुङ्गले नेपाली कांग्रेसभित्र एकताको विकल्प नभएको वताउँदै सबै पक्षलाई मिलेर अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङले उपस्थित सबैलाई धन्यवाद दिदै नेपालको वर्तमान परिस्थितिबाट विदेशमा रहेका नेपालीहरु असाध्यै चिन्तित रहेको वताए । उनले पार्टीभित्रको एकतामा जोड दिए । गुरुङले नेपाली कांग्रेस भविष्य उज्वल रहेको वताए ।

संस्थापक अध्यक्ष मोक्तानले नेपाली जनसम्पर्क समितिको अधिवेशन समयमै गर्नुपर्ने बताए।

कांग्रेस नेता विज्ञान प्रसाईले जनसम्पर्कलाई बलियो बनाउनु पर्नेमा जोड दिए । यसैगरी समितिकी उपसभापति कोपिला सुब्बाले पार्टीभित्र रिसर्चहरुको विज्ञ समिति गठन गर्नुपर्ने माग गरेकी थिइन् ।

अर्का वक्ता तस्बीर लामाले आउँदो महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाए मात्र पार्टीको भविष्य उज्जवल बन्ने दाबी गरेका थिए ।

कार्यक्रममा नेपाली जनसम्पर्क समितिका पूर्व माहासचिब आरके त्रिपाठीले जनसम्पर्क समिति युकेमा बिगतमा केहि कमी कमजोरीलाई सुधार गरेर जान आग्रह गरे ।

गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष प्रेम गाहा मगर मगरले नेपाली कांगे्रसले भूपु गोरखाहरुको मुद्दालाई सहयोग गर्नेमा जोड दिए । समितिका उपसभापति महेश कुमार दाहालले कार्यक्रममा सहभागी भइदिने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेस केन्द्रिय सदस्य एबम राष्ट्रीय सभा सदस्य एबम पूर्ब राज्य मन्त्री सरिता प्रसाई तथा नेपाली कांग्रेसकी नेत्रि प्रतिनिधि सभा सदस्य माननीय श्रीमती महेन्द्र लिम्बूलाई सम्मान गरिएको थियो।

सांसदद्वय सुब्बा र प्रसाईलाई नेपाली जनसम्पर्क समितिका युकेका अध्यक्ष युवराज गुरुङ, पूर्वअध्यक्ष लोक गुरुङ र संस्थापक अध्यक्ष विनोद मोक्तानले खाँदा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमको सञ्चालन समितिका सहमहामन्त्री इन्द्रहाङ लिङदेनले गरेका थिए भने समितिका उपसभापति तर्क राज गुरुङले स्वागत मन्तब्य राखेका थिए

कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका निवर्तमान उपाध्यक्ष शेरबहादुर सुनार, केशबहादुर गुरुङ, हरिकुमार मल्ल, सुनिल गुरुङ, नरकुमार लिम्बु लगायतले बोलेका थिए ।