१५ चैत्र २०८०, बिहीबार
Follow Us

कमल थापा राप्रपा संसदीय दलका नेता

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७३, आईतवार ०७:४४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष कमल थापा संसदीय दलका नेतामा निर्विरोध भएका छन् । पार्टी एकतापछि पार्टीको पहिलो संसदीय बैठकले थापालाई अध्यक्षमा चयन गरेको हो । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने उक्त बैठकले संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको पार्टीका केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ३७ जना सांसदले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएको छ । पार्टी एकीकरणपछि राप्रपा संसद्मा चौथो ठूलो शक्तिका रुपमा रहेको छ ।