April 9, 2020

परराष्ट्रमन्त्री ज्ञवाली युरोप भ्रमणमा, पार्टी कार्यकर्ता भेट्ने

  18th February 2020 मा प्रकाशित

लण्डन । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली युरोप भ्रमणमा आउने भएका छन् । मन्त्री ज्ञवाली स्विट्जरल्याण्डमा आयोजना हुने एक औपाचारिक कार्यक्रममा सहभागी हुन् युरोप आउँन लागेका हुन् ।

यसै बीच मन्त्री ज्ञवालीसँग गैरआवासीय नेपाली संघ स्पेनले शनिबार बार्सिलोनामा एक कार्यक्रमकाबीच भेटघाट तथा अन्तरक्रियाको आयोजना गर्ने भएको छ ।
कार्यक्रममा स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा, गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्त लगायतको उपस्थिति रहने संघले जनाएको छ।

अन्तरक्रियामा स्पेन र नेपालको कुटनीतिक सम्बन्ध बिस्तार,एनआरएनए नागरिकता विद्येयक, भम्रण बर्ष २०२० लगायतका बिषयहरुमा गम्भिर छलफल हुने संघका अध्यक्ष दिनेश गुरुङ (देउकाजी) ले जानकारी दिए। उ

स्रोतका अनुसार मन्त्री ज्ञवालीले आईतबार युरोपमा रहेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तासँग भेटघाट तथा छलफल समेत गर्ने भएका छन्। मन्त्रीसँग भेटघाट र छलफल गर्न युरोपबाट प्रवासी नेपाली एकता मञ्चनिकट कार्यकर्ताहरु बार्सिलोनामा भेला हुने भएका छन् ।

प्रतिक्रिया