८ बैशाख २०८१, शनिबार
Follow Us

मेलबर्नमा दुई साना विमान ठोक्किए, ४ जनाको मृत्यु

sarusaru
७ फाल्गुन २०७६, बुधबार ११:०८

मेलबोर्न — अस्ट्रेलियाको मेलबर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना विमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ । प्रहरीले दुबै विमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई विमान म्यान्गालोर सहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए ।
दुबै विमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्।
कान्तिपुर