१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अक्षरका माध्यमबाट घुमाउने पुस्तक – देश देशावर

नेपालब्रिटेन संवाददाता
७ फाल्गुन २०७६, बुधबार ०९:५६

गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछानेको दोस्रो पुस्तक देश देशावर सार्वजनिक हुने तयारीमा छ । फाइन प्रिन्टले सार्वजनिक गर्न लागेको उक्त पुस्तकको कर्भर लेखक लामिछानेले सामाजिक सञ्जालमा राखेका छन् । सामाजिक सञ्जालमा राखिएको उक्त पुस्तकको कभरमा अधिकांशले लेखकलाई बधाइ दिएका छन् भने कतिले जीवा लामिछानले लेखेको पुस्तक पढ्नु भनेको संसार घुम्नु हो भन्ने प्रतिक्रिया दिएका छन् ।

लामिछानेको यसअघि प्रकाशित पुस्तक ‘सरसर्ती संसार’ अध्ययन गर्दा त्यस्तै लाग्थ्यो । लेखक लामिछाने जुन ठाउँमा पुग्छन, त्यस ठाउँको विशेषता, रहनसहन र मानिसको व्यवहार पुस्तकमा पढ्न पाइन्थ्यो । निक्कै रोचक ढंगले प्रस्तुत गरिएको नियात्रालाई धेरैले रुचाएपछि लेखक लामिछानेलाई दोस्रो कृति देश देशावर निकाल्न पे्ररणा मिलेछ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

देशदेशावरको अन्तिम पृष्ठमा लेखिएको छ, अक्षरका माध्यमबाट घुमाउने पुस्तक हो, देश देशावर जसले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ ।

आइसल्यानडको सुन्दर भूगोल होस् या बर्मुडा ट्रयाङ्गलको तिलस्मी संसार, पुस्तकमा वर्णित दृश्यपरिदृश्यले पाठकलाई ब्याकप्याक लिएर ती ठाउँको भ्रमणमा जाऊ जाउँ बनाउँछन् । सँगै जातीय युद्धको विभिषिकाबाट गुज्रिएको रुवानडा र राष्ट्रवादको फेरो समातेर तानाशाही टिकाएको यदि अमिनको युगानडाले आफ्नो विदूष इतिहासबाट माथि उठेर जसरी विकासको बाटो हिँडे, नेपालले पनि समृद्धिको बाटो समात्न सक्छ है भन्ने आशा पनि देखाउँछ ।

पुस्तकमा लेखकले कहिले विभिनन देशका विशिष्टतासँग आफ्नो समृद्धिको बाटो समात्न सक्छ है भन्ने आशा पनि देखाउँछ ।
पुस्तकमा लेखकले कहिले विभिन्न देशका विशिष्टतासँग आफ्नो देशको स्थिति तुलना गर्छन् त कहिले हामीले पनि यस्तै गर्न पाए भनेर सपना देख्छन् । विश्वका अनेक भाषा, परमपरा, संस्कृति र दृश्यको स्वाद चखाउँदै तीसँग जोडिएको अनुभूतिलाई पनि सुक्ष्म रुपले अभिव्यञ्जित गर्दछन ।