१५ बैशाख २०८१, शनिबार
Follow Us

महाभियोग प्रस्तावसम्बन्धि छलफल छिटै सकिन्छ :सभामुख घर्ती

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७३, आईतवार ०७:४९

काठमाडौं । सभामुख ओनसरी घर्तीले राष्ट्रिय मुद्दामा राजनीतिक दलको सहमति बेगर अरु विकल्प खोज्न नहुने बताउनुभएको छ । रुसी महासङ्घको भ्रमण पूरा गरेरस्वदेश फर्केपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले दलहरूले जसरी मिलेर संविधान जारी गरे, त्यसरी नै अब आउने राष्ट्रिय मुद्दामा पनि एकै ठाउँमा उभिनु पर्ने बताउनुभयो ।
संविधान संशोधनको विषयलाई निष्कर्षमा पु¥याउने सन्दर्भमा सबै राजनीतिक दलबिचमा सहमतिभन्दा अर्काे विकल्प नरहेको उहाँको भनाई छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा चलिरहेको महाभियोग प्रस्ताव सम्बन्धी छलफल अब छिट्टै सकिने र त्यसको लगत्तै समितिमा पठाइने सभामुख घर्तीले बताउनुभयो ।
नेपाल र रुसी महासङ्घबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको उपलक्ष्यमा त्यहाँको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मात्भियन्कोको मैत्रीपूर्ण निमन्त्रणामा सभामुख घर्तीको नेतृत्वमा व्यवस्थापिका–संसदको एक प्रतिनिधिमण्डल मङ्सिर ४ गते त्यसतर्फ गएको थियो ।