१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सामूहिक लगानीमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीले ३४ करोडको आइपिओ जारी गर्ने

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७६, बुधबार २१:५०

लण्डन । गैरआवासीय नेपालीको कम्पनी एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले प्राथमिक सेयर (आइपिओ) जारी गर्न अनुमति पाएको छ।

धितोपत्र बोर्डले सो कम्पनीलाई कुल ३३ लाख ९८ हजार ४६ कित्ता आइपिओ निश्कासनका लागि अनुमति दिएको हो।

कम्पनीले दर्दि खोला, मध्य तमोर लगायत जलविद्युत आयोजनामा लगानी गरेको छ।

कम्पनीले प्रतिकित्ता १ सयका दरले आइपिओमार्फत ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ पुँजी जुटाउने छ। कुल जारी पुँजीमा यो ३० प्रतिशत हिस्सा हो।

सानिमा क्यापिटल बिक्री प्रवन्धकका रुपमा रहेको छ। यो कम्पनी नेपाल स्टक एक्स्चेन्जमा अन्य समूहमा सूचीकृत हुनेछ।

नेपालको जलविद्युत क्षेत्रको विकास गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेको सकृयतामा गैर आवासीय नेपालीहरुले यो कम्पनी स्थापना गरेका हुन्।