११ बैशाख २०८१, मंगलवार
Follow Us

नर्दन आयरल्याण्डमा लण्डन दूतावासले घुम्ती सेवा दिने

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७६, बुधबार २२:०३

लन्डन । लण्डनस्थित नेपाली दूतावास लन्डनले नर्दन आयरल्याण्डमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै घुम्ती सेवा दिने भएको छ । दूतावासद्धारा बुधवार जारी सूचना अनुसार यहि २४ फेब्रुअरी सोमबारका दिन दूतावासले नर्दन आयरल्याण्डमा घुती सेवा संचालन गर्ने भएको हो ।

भिसा, राहदानी, गैर आवासीय नेपाली परिचय पत्र, अधिकृत वारेसनामा लगायतका सेवाहरु उपलब्ध गराउने दूतावासले जनाएको छ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सर्पन रेष्टुरेन्ट बेलफाष्टमा संचालन गरिने सो घुम्ती सेवामा दूतावासका तर्फबाट द्वितीय सचिव लव सुवेदी र बल बहादुर थापाद्वारा सेवा प्रदान गरिनेछ ।

इच्छुक महानुभावहरुले उपस्स्थित भएर सेवाको फाइदा लिन दूतावासले अनुरोध गरेको छ । गत हप्ता पनि प्रजातन्त्र दिवसको विशेष कार्यक्रमका लागि मिडल्याण्डस्थित नटिङ्घम पुगेको दूतावस टोलीले घुम्ती सेवा समेत उपलब्ध गरा एको थियो ।