१४ बैशाख २०८१, शुक्रबार
Follow Us

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छः डा कोइराला

sarusaru
८ फाल्गुन २०७६, बिहीबार ०५:३१

गाईघाट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा बुधबार यहाँ आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र सुदृढीकरणमा नेपाली काँग्रेसको भूमिका अहं रहने र लोकतन्त्र रहेमात्र विकास हुन्छ, उनले भने।

काँग्रेस उदयपुरका पार्टी प्रवक्ता मदनराज कटुवालका अनुसार सम्बोधनमा क्रममा केन्द्रीय सदस्य डा कोइरालाले पार्टी गुठउपगुठको कारण कमजोर बन्न नहुनेमा जोड दिएका थिए ।

उनले भने,“ सरकारले दम्भको राजनीति गर्न हुँदैन। यसले लोकतन्त्र सङ्कटमा मा पर्न सक्छ।”

केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र बद्री पाण्डेले पार्टीलाई पुरानै अवस्थामा पुर्याउन कार्यकर्ता एकजुट भई लाग्नुपर्ने बताए ।

काँग्रेस उदयपुरका अध्यक्ष विदुरबाबु बस्नेतले पार्टी सुदृढीकरणमा प्रशिक्षणले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
डिसी नेपाल