८ बैशाख २०८१, शनिबार
Follow Us

वरिष्ठ नेता पौडेल जापान प्रस्थान

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७३, आईतवार १३:२१

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनमा सकेसम्म सबैको सहमति जुटाउन प्रयास गर्नुपर्ने बताउनुभएको छ । जापानको साताव्यापी भ्रमणमा निस्कनुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रमुख दलबीच सहमति कायम गरी मधेसकेन्द्रित दललाई समेत विश्वासमा लिएर संशोधनको प्रक्रियालाई अघि बढाउनुपर्छ भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले २०७४ माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गरेर मुलुकलाई राजनीतिक सङ्क्रमणबाट निकास दिनु आवश्यक रहेको भन्दै त्यसपछि मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनुपर्छ भन्नुभयो । जापान सरकारको निमन्त्रणामा भ्रमणमा जानुभएका पौडेलका साथ सांसद राजन केसीलगायत सहभागी हुनुहुन्छ ।