११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए मध्यपूर्व महिला संयोजकद्वारा जनसम्पर्क समितिबाट राजीनामा

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७६, बिहीबार २३:५५

लण्डन – गैरआवासीय नेपाली संघ मध्यपूर्व महिला संयोजक सुमित्रा देवी पौडेलद्वारा नेपाली जनसम्पर्क समिति कुवेतको उपाध्यक्ष पदबाट दिएको राजीनामा जनसम्पर्क समिति, कुवेतले स्वीकृत गरेको जनाएको छ।

नेपाली जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र विरहीका अनुसार उपसभापति पौडेलले गत जनवरी १० तारिखमै राजीनामा दिएको भए पनि पार्टीको विधान अनुसार नेपाली जनसम्पर्क समिति कुवेतको पांचौं मासिक बैठकबाट पौडेलको राजीनामा स्वीकृत गरिएको हो।

सभापति विरहीले भने, “एक व्यक्ति एक संस्थाको सिद्धान्त अनुसार हालै गैरआवासीय नेपाली संघद्वारा जारी पत्र अनुसार जनसम्पर्क समितिले समितिकी उपसभापति पौडेलको राजीनामा सर्वसम्मतिले स्वीकृत गरेको हो।”

स्मरण रहोस, एनआरएनएले कुनै पनि राजनैतिक, जातीय वा धार्मिक संगठनमा आवद्ध भएको व्यक्ति विशेष एनआरएनएका कार्यकारी पदहरूमा रहन नपाउने निर्देशन गर्दै दोहोरो पदमा रहेमा कार्वाही गर्ने जनाएको छ।