११ बैशाख २०८१, मंगलवार
Follow Us

परिवर्तनको नेतृत्व काँग्रेसबाट : उपसभापति निधि

नेपालब्रिटेन संवाददाता
१० फाल्गुन २०७६, शनिबार १६:१६

सर्लाही । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले देशमा जनतालाई राजनीतिक अधिकार दिलाउन र विकास निर्माणको गतिलाई अघि बढाउने नेतृत्व काँग्रेसले गरेको बताउनुभएको छ ।

सर्लाहीको क्षेत्र नम्बर ४ धनकौल गाउँपालिकामा आज पार्टीले आयोजना गरेका सभामा उहाँले विसं २००७ देखि हालसम्मको परिवर्तनको नेतृत्व काँग्रेसले गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले जनताको हितविपरीत काम गरेको छ, काँग्रेसले शुरुआत गरेको विकास निर्माणको काममा अहिले फिता काट्ने काम मात्र भएको छ ।”

संविधानमा रहेका कमीकमजोरीलाई संशोधन गरेर सुदृढ गर्नुपर्ने आवश्यकता उपसभापति निधिले औँल्याउनुभयो । “आगामी दिनमा काँग्रेसले बहुमत ल्याएमा मधेशी जनतको हितमा संविधान संशोधन गर्ने छाँै”, उपसभाति निधिले भन्नुभयो ।