१५ चैत्र २०८०, बिहीबार
Follow Us

हेल्पिङ ह्यान्डस् नर्वेमा नयाँ नेतृत्व

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७६, आईतवार १२:३६

ओस्लो । नर्वेमा रहेका नेपालीहरुले स्थापना गरेको हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वे (एचएचएनएन)ले नयाँ कार्यसमिति चयन गरेको छ ।
नर्वेको राजधानी ओस्लोमा शनिबार भएको संस्थाको साधरणसभा तथा तेस्रो अधिवेशनबाट तसौवर खानको अध्यक्षतामा १२ जनाको कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा विनोद बस्याल, महासचिवमा सरला कटेल, सचिवमा तारणी पोखरेल, कोषाध्यक्षमा राजु धिताल, सहकोषाध्यक्षमा लोकेन्द्र कार्की चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा सिद्धान्त घले, याम कट्वाल, पुर्ण भुसाल, जग्गनाथ तिम्लिसिना, सुरेश सापकोटा, शुष्मा श्रेष्ठ छन् ।
हेल्पिङ ह्यान्डस्का निवर्तमान अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार सबै कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । अध्ययनका शिलशिलामा नर्वे आएका नेपालीहरुले सन् २०१३ मा स्थापना गरेको हेल्पिङ ह्यान्डस्ले नेपालका दुर्गम जिल्लाको शिक्षा क्षेत्रमा काम गरिरहेको छ । नर्वेमा रहेका नेपालीबीच एकता कायम गर्दै नेपालीनेपालीबीच सहयोग उठाएर नेपालमा सामाजिक कार्य गर्ने लक्ष्यले संस्थाको स्थापना गरिएको थियो । करिब २५ सय नेपाली रहेको अनुमान गरिएको नर्वेमा करिब आधा दर्जन नेपाली संघसंस्था रहेका छन् ।